४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस महाधिवेशन : रुपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको मतदान प्रक्रिया स्थगित



बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको मतदान प्रक्रिया स्थगित भएको छ ।

देउवा र पौडेल समुहबीच कुरा नमिलेपछि अर्को सूचना जारी नभएसम्मका लागि मतदान प्रकिया स्थगित भएको हो ।

क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि संस्थापन पक्ष इतरका उम्मेद्वार तथा प्रतिनिधिहरुले मंगलबार मात्रै मतदान गर्ने अडान लिएका थिए भने भने संस्थापन पक्षले सोमबार आजै मतदान अघि बढाउने अडानमा रहेका थिए ।

काँग्रेसको महाधिवेशन अन्तरगत नै प्रदेशको निर्वाचनमा आइतबार राति भएको झडपलाई मध्यनजर गरी दिनमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने उनीहरुको माग रहेको थियो ।

आइतबार राती मतगणना भइरहेको समयमा संस्थापन पक्ष देउवा समूहका व्यक्तिहरुले पौडेल समूहका नेताहरुलाई कुटपिट गरेका थिए । सोही घटना दोहोरीले डरका कारण दिनको समयमा मात्रै निर्वाचनको प्रक्रिया अघि बढाउनु पर्ने पौडेल पक्षको माग रहेको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट संस्थापन पक्ष देउवा समूहकी पुस्पा थरुनीको प्यानलले उम्मेद्वारी दर्ता गराएको छ भने पौडेल समूहबाट रमा अर्यालको नेतृत्वमा उम्मेद्वार दर्ता भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ३० बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१