४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै



एजेन्सी । विश्वका १०० ओटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुहरुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले सो जानाकारी दिएको हो ।

आइक्यू एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए । त्यस्तै चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्याण्डमा एक एक ओटा प्रदूषित सहर थिए । यी सबै दक्षिण एसियाली देश हुन् ।

आइक्यूका अनुसार गाजियावाद भारतको सवैभन्दा प्रदूषित सहर हो । त्यस्तै, चीनको सहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित सहर हुन् । लाहोर विश्वकै प्रदूषित सहरको सूचीमासमेत पर्छ ।

सन् २०२० मा होटानमा सबैभन्दा खराब अर्थात औसत वायु गुणस्तर ११०.२ थियो । आइक्यू एयरका अनुसार चीन र भारत विश्वमै सवैभन्दा बढी कार्बन उत्र्सजन गर्ने देश हुन् । तर, पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर पनि निकै खस्किएको छ ।

भारतको नयाँ दिल्लीमा प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ ।

नयाँ दिल्लीमा मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२।५ कणहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डभन्दा ३४ गुणा बढी छ । हिउँदमा किसानहरूले जलाउने पराल र डाँठका कारण हरेक वर्ष भारतीय सहर थप प्रदूषित बन्ने गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको