२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै



एजेन्सी । विश्वका १०० ओटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुहरुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले सो जानाकारी दिएको हो ।

आइक्यू एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए । त्यस्तै चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्याण्डमा एक एक ओटा प्रदूषित सहर थिए । यी सबै दक्षिण एसियाली देश हुन् ।

आइक्यूका अनुसार गाजियावाद भारतको सवैभन्दा प्रदूषित सहर हो । त्यस्तै, चीनको सहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित सहर हुन् । लाहोर विश्वकै प्रदूषित सहरको सूचीमासमेत पर्छ ।

सन् २०२० मा होटानमा सबैभन्दा खराब अर्थात औसत वायु गुणस्तर ११०.२ थियो । आइक्यू एयरका अनुसार चीन र भारत विश्वमै सवैभन्दा बढी कार्बन उत्र्सजन गर्ने देश हुन् । तर, पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर पनि निकै खस्किएको छ ।

भारतको नयाँ दिल्लीमा प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ ।

नयाँ दिल्लीमा मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२।५ कणहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डभन्दा ३४ गुणा बढी छ । हिउँदमा किसानहरूले जलाउने पराल र डाँठका कारण हरेक वर्ष भारतीय सहर थप प्रदूषित बन्ने गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ११ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२