२२ असार २०८३, सोमबार | July 6, 2026

काँग्रेस १४ औ महाधिवेशन : प्युठानमा गोली चल्यो



प्युठान। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्ष र संस्थापन देउवा पक्षबीच झडप हुँदा झडप नियन्त्रणका लागि २ राउण्ड हवाई फायर र आधा दर्जन बढी टियर ग्याँस प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । मतगणनामा पौडेल पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि मतगणना स्थलमा एक्कासी देउवा पक्षका युवाहरुले आक्रमण गरेको एक काँग्रेस कार्यकर्ताले बताए ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ताहरुले मतगणना विथोल्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा देउवा पक्षका कार्यकर्ताहरु प्रहरीमाथि नै ढुँगामुढामा उत्रिएको बताइएको छ । अवस्थालाई नियन्त्रण गर्ने क्रममा २ राउण्ड हवाई फायर र केहि राउण्ड टियर ग्गाँस प्रहार भएको प्युठान प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाले बताए । थापाका अनुसार झडपका क्रममा ३ जना सर्वसाधारण र ५ जना प्रहरी घाइते भएका छन् । प्रहरी तर्फ जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाईते छ्न।त्यस्तै,  काँग्रेस कार्यकर्ता तर्फ घाईते हुनेमा कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार पठाइएको छ।

देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै चुनावमा भिडेका थिए । मतदान शान्तिपूर्ण भएपनि निर्वाचनपछि मतगणनास्थलमा आक्रमणकाे प्रयास भएको थियो। आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।

निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल सभापतीका उम्मेद्धार रहेका छन भने पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ३७ बजे

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत

पशु प्रजनन कार्यालयबाट घाँसको बीउ उत्पादन

खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा