६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

काँग्रेस १४ औ महाधिवेशन : प्युठानमा गोली चल्यो



प्युठान। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्ष र संस्थापन देउवा पक्षबीच झडप हुँदा झडप नियन्त्रणका लागि २ राउण्ड हवाई फायर र आधा दर्जन बढी टियर ग्याँस प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । मतगणनामा पौडेल पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि मतगणना स्थलमा एक्कासी देउवा पक्षका युवाहरुले आक्रमण गरेको एक काँग्रेस कार्यकर्ताले बताए ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ताहरुले मतगणना विथोल्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा देउवा पक्षका कार्यकर्ताहरु प्रहरीमाथि नै ढुँगामुढामा उत्रिएको बताइएको छ । अवस्थालाई नियन्त्रण गर्ने क्रममा २ राउण्ड हवाई फायर र केहि राउण्ड टियर ग्गाँस प्रहार भएको प्युठान प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाले बताए । थापाका अनुसार झडपका क्रममा ३ जना सर्वसाधारण र ५ जना प्रहरी घाइते भएका छन् । प्रहरी तर्फ जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाईते छ्न।त्यस्तै,  काँग्रेस कार्यकर्ता तर्फ घाईते हुनेमा कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार पठाइएको छ।

देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै चुनावमा भिडेका थिए । मतदान शान्तिपूर्ण भएपनि निर्वाचनपछि मतगणनास्थलमा आक्रमणकाे प्रयास भएको थियो। आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।

निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल सभापतीका उम्मेद्धार रहेका छन भने पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ३७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र