११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

काँग्रेस १४ औं महाधिवेशन : घाइते कुमारलाई काठमाडौं रिफर गरियो



बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रिय निर्वाचनको रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थलमा दुई समूहबीच भएको कुटाकुटमा घाइते भएका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिका उमेदवार दीर्घबहादुर केसी (कुमार)लाई थप उपचारको लागि काठमाडौं पठाइएको छ।

रूपन्देही क्षेत्र २ को सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा दुई समूहबीच भनाभनपछि केसीमाथि काँग्रेस संस्थापन पक्षका प्रस्नन कोईरालाले मुक्का प्रहार गरेको बताइएको छ । कोईरालाको मुक्का प्रहारबाट केसीको आँठ फुटेको र टाउकोमा समेत चोट लागेको घटनास्थलमा रहेका एक काँग्रेस कार्यकर्ताले बताए । घाइते केसीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएको र अस्पतालले थप उपचारका लागि काठमाडौ रिफर गरेको केसीसँगै अस्पताल पुगेका गोपाल ज्ञवालीले जानकारी दिए ।

केसी पौडेल समूहबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार रहेका थिए। आक्रमणबाट उनको टाउको र मुखमा चोट लागेको छ। बढी रगत बगेको र मुखभित्र र टाउकोमा समेत चोट देखिएकाले काठमाडौं रिरफर भएको केसीसँगै काठमाडौं हिँडेका शंकर मल्लाहले बताए । यती एअरलायन्सको बिमानबाट काठमाडौं लगिएको मल्लाहले बताए ।

मतगणना कार्य सकिनै लाग्दा विवाद उत्पन्न भएपछि अहिले मतगणना कार्य रोकिएको छ। निर्वाचनमा पौडेल पक्षिय उम्मेदवार हरि लम्सालले अग्रता लिएसँगै मतगणना स्थलमा विवाद सुरु भएको थियो ।

कूल खसेको ६ सय ६९ मतमध्ये ६ सय मत गणना भइसकेकोले मतगणना कार्यलाई सुचारू गर्न दुबै पक्ष छलफलमा रहेको सभापतिका उम्मेदवार हरि लम्सालले बताए ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : १७ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम