२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

एमाले १० औं महाधिवेशन : एमालेले बनायो महाधिवेशनको अध्यक्ष मण्डल र माइन्युट कमिटी



काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले अध्यक्ष मण्डल सहित माइन्युट कमिटी गठन गरेको हो ।

बैठकले कमिटीको अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

यस्तै माइन्युट कमिटीमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वाला कुमारी साह रहेका छन् । एमाले महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ ।

महाधिवेशनको बन्दसत्र सुरु भएसँगै वर्तमान कमिटी भङ्ग भएर अध्यक्ष मण्डलको अध्यक्षतामा निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : २९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार