२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले १० औं महाधिवेशन : एमालेले बनायो महाधिवेशनको अध्यक्ष मण्डल र माइन्युट कमिटी



काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले अध्यक्ष मण्डल सहित माइन्युट कमिटी गठन गरेको हो ।

बैठकले कमिटीको अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

यस्तै माइन्युट कमिटीमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वाला कुमारी साह रहेका छन् । एमाले महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ ।

महाधिवेशनको बन्दसत्र सुरु भएसँगै वर्तमान कमिटी भङ्ग भएर अध्यक्ष मण्डलको अध्यक्षतामा निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : २९ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’