६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेस चितवन : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो



चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ ।

कांग्रेस क्षेत्रीय सभापतिको चुनावमा संस्थापनइतर बलियो देखिएको छ । क्षेत्र नं १ को सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका किरण भुषण ओली निर्वाचित भए । क्षेत्र नं २ र ३ को सभापतिमा भने संस्थापन इतरका क्रमश भरत लामिछाने र लालबहादुर दवाडी निर्वाचित भएका छन् ।

क्षेत्र नं १ मा निर्वाचित ओलीले संस्थापन इतरका इन्द्रकमल बुढाथोकीलाई ६८ मतान्तरले पछाडि पारे । ओलीले ४९१ मत प्राप्त गर्दा बुढाथोकीले ४२३ मत प्राप्त गरे । सचिवमा दीपकराज पौडेल र उमेश गिरी, सह-सचिवमा माधवप्रसाद पौडेल र दीपनारायण चौधरी विजयी भए ।

क्षेत्र नं २ मा संस्थापन इतरका लामिछानेले संस्थापन पक्षका निकटतम प्रतिद्वनद्वी लक्ष्मण गुरुङलाई पराजित गरे । लामिछानेले ५३० मत प्राप्त गर्दा गुरुङले ४४५ मत ल्याउन सफल भए । सचिवमा निर्मला लामा र प्रल्हाद उप्रेती र सहसचिवमा कृष्णकुमारी पन्त र सिर्जना बसौला विजयी भए ।

क्षेत्र नं ३ मा पनि संस्थापन इतरकै लालबहादुर दवाडीले निकटतम प्रतिद्धन्दी दामोदर न्यौपानेलाई पराजित गरे । यस क्षेत्रमा सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । दवाडीले न्यौपानेसहित अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्र प्रकाश क्षेत्रीलाई पराजित गरेका हुन् ।

कांग्रेसले कारबाही गरेका चितवन कांग्रेसका पूर्व सभापति विकास कोइरालाको सहयोगमा दवाडीले चुनाव जितेको कांग्रेसका स्थानीय नेताहरु बताउँछन् । २०७० सालको संविधान सभाको चुनावका बेला पार्टी सभापति शुसिल कोइरालाले उम्मेदवारी दिएको ठाउँमा उनले बागी उम्मेदवारी दिएका थिए ।

त्यसपछि उनलाई कांग्रेसको केन्द्रिय समितिले अनुशासनको कारबाही गरेको थियो । उनको कारबाही अझै पनि फुकुवा भएको छैन । कारबाही फुकुवा नभए पनि कोइरालाको अझै पनि यस क्षेत्रमा राम्रो पकड रहेको छ ।

सचिवमा सरस्वती पाण्डे र तुलाराम गुरूङ विजयी भए भने सहसचिवमा सृजना अधिकारी र इन्दिरा भुसाल निर्वाचित भए । कांग्रेस जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार क्षेत्रीय कार्यसमितिमा उपसभापतिबाहेकका पदमा निर्वाचन भएको हो ।

प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित नेता प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको उपसभापति स्वतः हुने उनले बताए । महाधिवेशनबाट १८ सदस्यीय प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति बनेको हो । हरेक क्षेत्रबाट महाधिवेशनका लागि २५/२५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : १८ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको