५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ओहो ! नेपालगन्जमा एक्कै दिन थपिए ९ जना संक्रमित



नेपालगन्ज। बाँकेको नेपालगञ्जमा आइतबार एकै पटक ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. देवकोटाले संक्रमितहरु संक्रमित ७ देखि ५८ वर्ष उमेरका रहेको बताउनुभयो ।

यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । १ जना भेटिए लगत्तै बिभिन्न ईलाकालाई सिल गरेर स्वाव संकलनलाई तिब्र पारिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन् । नेपालगञ्जमा आइतबार संक्रमण देखिएका ९ सहित १० जनाको उपचार भइरहेको छ । यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेका छन् । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपत्यकामा ४ र बाहिर ७३ गरी ७७ जना सम्भावित संक्रमित आइसोलेसनमा रहेका छन् ।

आइतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा ५ हजार ४ सय ९९, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ९ र बागमती प्रदेशमा ८ हजार ५ सय १५ जनाको आरडिटी परीक्षण भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३७, बागमती प्रदेशमा ४ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश नम्बर ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ३५ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले