२२ बैशाख २०८१, शनिबार | May 4, 2024

लुम्बिनी प्रदेशबाट एमाले महाधिवेशनका लागि १ लाख बढी समर्थक चितवन पुग्ने, १ हजार बढी गाडी बुकिङ भएको दाबी



बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि साबिक लुम्बिनी अञ्चलबाट मात्र पार्टीले बुक गरेका ७०० र लुम्बिनी प्रदेशका बाँकी ९ जिल्लाबाट ४०० बढी गाडिमा दुई लाख बढी एमाले समर्थक र कार्यकर्ताहरु शुक्रबार चितवन पुग्ने भएका छन् । एमालेले साबिक लुम्बिनीका तीन रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्र ७०० गाडि बुक गरिसकेको छ भने अन्य जिल्लाहरुबाट पनि आफै झण्डै ४०० गाडी बुक गरिसकेको एमालेले जनाएको छ । एमालेको लुम्बिनी प्रदेश कमिटीले ७५ हजार समर्थक सहभागी गराउने निर्णय गरेपनि लुम्बिनीबाट २ लाख बढी समर्थकहरु चितवन पुग्ने एमालेले दाबी गरेको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आवद्ध छन् । आवश्यक परेको अवस्थामा अरु थप गाडी पनि दिन सकिने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौँ उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए । उनले गण्डकी प्रदेशको स्याङ्जाबाट समेथ गाडी माग भएका कारण पश्चिम नेपालका केही बसहरु स्याङ्जाका लागि पनि बुक भएको जानकारी दिए ।

उता लुम्बिनी प्रदेशको पश्चिमी जिल्लाहरुबाट पनि एमाले कार्यकर्ताहरुले चितवनका लागि पुग्ने तयारी गरेको खबर छ । नेपालगन्जबाट चितवनका लागि औपचारीकरुपमा २५ बढी गाडी भेरी बस व्यवसायी प्रालीको सम्पर्कमा बुक भएको र त्यो भन्दा बढी क्यु फ्रीको मौका छोपी स्वतन्त्र बुक भएको समितिका सल्लाहकार शोभाकर पौडेलले बताए । नेपालगन्जमा पछि खुलेका यातायात व्यवसायी समितिहरुबाट पनि केही गाडीहरु बुक भएको बताइएको छ ।

शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले लुम्बिनी प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले बताए ।

प्रदेश कमिटीको निर्णय अनुसार लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने तयारी छ भने नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन–तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : ०३ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ