११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

लुम्बिनी प्रदेशबाट एमाले महाधिवेशनका लागि १ लाख बढी समर्थक चितवन पुग्ने, १ हजार बढी गाडी बुकिङ भएको दाबी



बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि साबिक लुम्बिनी अञ्चलबाट मात्र पार्टीले बुक गरेका ७०० र लुम्बिनी प्रदेशका बाँकी ९ जिल्लाबाट ४०० बढी गाडिमा दुई लाख बढी एमाले समर्थक र कार्यकर्ताहरु शुक्रबार चितवन पुग्ने भएका छन् । एमालेले साबिक लुम्बिनीका तीन रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्र ७०० गाडि बुक गरिसकेको छ भने अन्य जिल्लाहरुबाट पनि आफै झण्डै ४०० गाडी बुक गरिसकेको एमालेले जनाएको छ । एमालेको लुम्बिनी प्रदेश कमिटीले ७५ हजार समर्थक सहभागी गराउने निर्णय गरेपनि लुम्बिनीबाट २ लाख बढी समर्थकहरु चितवन पुग्ने एमालेले दाबी गरेको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आवद्ध छन् । आवश्यक परेको अवस्थामा अरु थप गाडी पनि दिन सकिने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौँ उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए । उनले गण्डकी प्रदेशको स्याङ्जाबाट समेथ गाडी माग भएका कारण पश्चिम नेपालका केही बसहरु स्याङ्जाका लागि पनि बुक भएको जानकारी दिए ।

उता लुम्बिनी प्रदेशको पश्चिमी जिल्लाहरुबाट पनि एमाले कार्यकर्ताहरुले चितवनका लागि पुग्ने तयारी गरेको खबर छ । नेपालगन्जबाट चितवनका लागि औपचारीकरुपमा २५ बढी गाडी भेरी बस व्यवसायी प्रालीको सम्पर्कमा बुक भएको र त्यो भन्दा बढी क्यु फ्रीको मौका छोपी स्वतन्त्र बुक भएको समितिका सल्लाहकार शोभाकर पौडेलले बताए । नेपालगन्जमा पछि खुलेका यातायात व्यवसायी समितिहरुबाट पनि केही गाडीहरु बुक भएको बताइएको छ ।

शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले लुम्बिनी प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले बताए ।

प्रदेश कमिटीको निर्णय अनुसार लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने तयारी छ भने नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन–तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : ०३ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम