५ पुस २०८२, शनिबार | December 20, 2025

गच्छदारको निर्वाचन क्षेत्रमा कांग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित



सुनसरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागी निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।

समयमै मतदान गर्न निर्वाचनस्थल आएका स्थानीय नेता, कार्यकर्ताहरूले मतदान सुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामाको माग गर्दै टिके प्रथा अन्त्य हुनुपर्ने बताएका थिए ।

निर्वाचन अधिकृत यादवका अनुसार मतदान कार्य सुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरू कोही पनि उपस्थित नभएकाले मतदान कार्य सुचारु गर्न नसकिएको हो ।

क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले मतदान अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेको र नेताहरू विवाद मिलाउन छलफल गरिरहेको बताए । त्यस्तै महाधिवेशन प्रतिनिधिकी उम्मेद्वार निर्मला चौधरीले तीन दिनदेखि निर्वाचन हुने आसमा बस्न बाध्य भएको बताइन् ।

सुनसरी क्षेत्र नं ३ कांग्रेस उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । यहाँ गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यपालिका नै प्रभावित हुन पुगेको छ ।

गच्छदारले आफ्नो क्षेत्रमा सहमतिअनुसार पूर्व लोकतान्त्रिक फोरमका उम्मेद्वारलाई क्षेत्रीय सभापति बनाउन लागिपरेका थिए । तर कार्यकर्ता तथा जिल्लाका संस्थापन इतर समूहका नेताहरूले नमानेपछि निर्वाचनमा जान बाध्य भएका थिए ।

चुनाव एक दिन थप गरेर ८ गतेलाई तोकिएको थियो । तर उनले निर्वाचन समितिलाई पटक पटक समय थप गर्न माग राख्दै आएका थिए । आफ्नो क्षेत्रमा पछिल्लो समय गच्छदार कमजोर बन्दै गएका छन् । निर्वाचनमा संस्थापन इतर समूहका नेता जिते आफ्नो पक्ष कमजोर हुने देखिएपछि निर्वाचन नगराउन गच्छदार स्वयं लागेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : १४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य