१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रधानन्यायाधीश प्रकरणमा नेपाल बार र प्रधानमन्त्रीबीच छलफल हुँदै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कडा आन्दोलनमा उत्रिएको नेपाल बारको आन्दोलनबाट भाग्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देवाउले प्रधानन्यायाधीश प्रकरणमा पहिलो पटक आन्दोलनरत नेपाल बारका भेट गर्ने भएका छन् । प्रधानन्यायाधीश प्रकरणमा आफुलाई अलग राख्दै आएका देउवाले आज पहिलो पटक नेपाल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

प्रधानन्त्रीसँग छलफलकै अवसरमा बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम रहेको बार अध्यक्ष श्रेष्ठले बताए । यस अघि बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : २४ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण