२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नबिल बैंकद्वारा लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु



काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ ।

बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ । बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्ने उदेश्य लिएका बताएको छ ।

यसकार्यक्रम मार्फत बैंकले स्थानिय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सिप र वित्तिय सहयोग प्रदान गर्ने बताइएको छ । त्यस्तै यस कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोशिप कार्यक्रम गरी दुई किसिमका रहेका छन् । जसमध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पसँग सम्झौता गरेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने शाहले बताए । उनले भन्नु भयो,‘नविल बैंकले यो कार्यक्रम सुरुवात गर्नुको लक्ष्य प्रत्येक एक वर्षमा सात सय नेपाली युवालाई सामाजिक उद्यमको प्रमाण पत्र दिने हो,यसरी हरेक प्रदेशमा एक सय समाजिक उद्यमी उत्पान गरी प्रमाण पत्र दिएर प्रत्येक वर्षमा ७ सय विद्यार्थी सामाजिक एद्यमी बन्ने अवसर सृजना गर्ने छौं, फेलोसिप कार्यक्रम आवासीय तालिम हो।’

प्रमुख अधिकृत शाहले नविलको एसएसई कार्यक्रमको दुबै कोर्ष पुरा गरेको व्यक्ति उद्यमशीताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताए । उनले नविल बैंक स्थापना कालदखि नयाँ–नयाँ कामको सुरुवात गर्ने बैंक बन्दै गएको बताए । प्रमुख अधिकृत शाहले भने,‘ नविल बैंक नेपाल बैंकबाट ग्राहकलाई सेवा दिने बैंक,एटिम कार्डबाट कारोबार गरी डिजिटल बैंकिङ सुरु गर्ने बैंक हो, यसरी बैंकिङ क्षेत्रमा जति पनि नयाँ कामको थालनी नविल बैंकले गरेको छ, त्यसपछि मात्रै अन्य बैंकले सुरुवात गर्दछन्, यो कार्यक्रमको पनि नविल बैंकले सुरुवात गरेको छ,अन्य बैंकले पनि नविल बैंकको कार्यक्रम जस्तै सामाजि उद्यम कार्यक्रम सुरुवात गर्दा सामाजिक क्षेत्रको विकास थप सहयोग पुग्ने छ ।’

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले बताएको छ । उक्त कार्यक्रम सात प्रदेश मध्ये प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा विरगन्ज पब्लिक कलेज, बागमती प्रदेशमा काम्पिएन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदुर पश्चिमाञ्चलको सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको छ । अब नविलको सात प्रदेशको यी कलेजमा सामाजिक उद्यमशीता कार्यक्रम पढाई हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ४४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल