२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले महाधिवेशन बन्दसत्र : विदेशी पाहुनाहरुले दिए महाधिवेशनको सफलताकाे शुभकामना



चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो ।

बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएका छन् । ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले अहिले विरोधीहरू तल्तालीन थालेको छन्, जनताको उत्साहले आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन । एकता र अनुशासित पार्टीका नेता कार्यकर्ताको पंतिले पार्टी बलियो बनाउँछ, देश जोगाउँछ,’ ओलीलाई उद्धृत गर्दै एमाले महाधिवेशन प्रचार प्रसार कमिटी संयोजक योगेश भट्टराईले भने ।

पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुने ओलीले बताएका थिए । ‘मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाइहरूकै काँधमा छ,’ अध्यक्ष ओली भने । महाधिवेशनमा आएका विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधि तथा शुभकामना सन्देश पठाउनेहरूप्रति अध्यक्ष ओलीले धन्यवाद ज्ञापन गरेका थिए ।

बन्दसत्रमा विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बन्दसत्रमा कम्युनिस्ट पार्टी अफ बंगलादेशका मो हसन तारिक्यू चौधरी, हसनसिन चौधरी, अब्दुल्लाह अल काफी, भारतीय कम्युनिस्ट पार्टी माक्सबादी का जोगिन्द्र शर्मा, जनता विमुक्ति पेरामुनाका विजिथा हेराथ, कम्बोडियन पिपुल्स पार्टीका स्वोस यारा, कम्यनिस्ट पार्टी अफ इण्डिया माले लिबरेशनका सन्दीप सौरभले महाधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चाओले पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । भारतको कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : २६ बजे

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी