९ भदौ २०८३, मंगलबार | August 25, 2026

प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध बैकल्पिक शक्ति आवश्यक : डा. बाबुराम भट्टराई



बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध बैकल्पिक शक्तिको आवश्यकता रहेका बताएका छन् । पार्टीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुलुक अहिले प्रतिक्रान्तिको दिशामा अगाडी बढेकाले देशमा बैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् ।

डा. भट्टराईले नेपाली काँग्रेसले परिवर्तनको पक्षमा नेतृत्व गर्न सक्ने सम्भावना नरहेपनि प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध संघर्ष गर्न काँग्रेस सहितको गठबन्धन आवश्यक रहेको बताए । उनले परिवर्तनका एजेण्डाहरुमा २०।१९ परिवर्तन देखिएपनि राजनीतिक, सामाजिक र आर्थिक परिर्वतन हुन नसकेको उल्लेख गर्दै नेपालको कमजोर राजनीतिक अवस्थाको फाइदा उठाएर विदेशी शक्तिहरु खेल्न खोजेको बताए ।

मुलुक प्रतिगमन र प्रतिक्रान्तिको दिशामा अगाडी बढेको भन्दै डा. भट्टराईले त्यसका विरुद्ध माओवादी शक्ति, जसपा, एकीकृत समाजवादी सहितको बैकल्पिक शक्ति बनाउन सकिने स्पष्ट पारे । अधुरो क्रान्ति भएका कारण मुलुकमा प्रतिगमन र प्रतिक्रान्तिकारी शक्ति मौलाएको उनको भनाई छ । मुलुकमा आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्यौल छाएको उल्लेख गर्दै उनले राजनितिक शक्तिबिचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने बताए।

उनले साशकिय स्वरुपको कमजोरीका कारण दुई तिहाईको सरकार ढलेको उल्लेख गर्दै प्रत्येक्ष राष्ट्रपतिको व्यवस्था गरेर स्थायित्व र भ्रष्टाचारको नियन्त्रण गर्न सकिने बताए । उनले एमालेको चितवन महाधिवेशनलाई ४६ सालको पञ्च¥यालीको संज्ञा दिँदै विचारबाट स्खलित भएको एमालेले तामझाम र तडकभडक देखाएर जनतामा भ्रम सिर्जना गर्न खोजेको बताए ।

पत्रकारहरुको एक प्रश्नको जवाफ दिँदै डा भट्टराईले अहिलेको अवस्थामा प्रचण्डसँग अँगालो हाल्ने सम्भावना नरहेको उल्लेख गर्दै अग्रमनको पक्षमा माओवादी केन्द्र आए माओवादी र प्रचण्डसँग पनि एकता हुन सक्ने बताए ।

 

 

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ४१ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै