२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

तिलोत्तमाका ज्येष्ठ नागरिकको घरमैं स्वास्थ्य परीक्षण



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअनुसार हरेक वडामा ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको घर–घरमैं पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुको साथैं निःशुल्क औषधि समेत प्रदान गरेका छन् । १७ वडामैं सरकारी स्वास्थ्य संस्था पुर्याएको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श सेवा प्रदान गरेका छन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

रोगको समयमैं पहिचान हुँदा त्यसको उपचार सहज हुने भएकोले यो कार्यक्रम प्रभावकारी हुने नगरपालिको अपेक्षा गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर यो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत निःशुल्क व्यवस्था गरेको छ । प्रयोगशाला परीक्षण आवश्यक भए ज्येष्ठ नागरिकलाई प्रयोगशालामा समेत पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए ।

तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मीहरु घरमैं आएर आफ्नो स्वास्थ्य परीक्षण गर्न थालेपछि जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : ३१ बजे

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म

कैलाली-५ मा नेकपा उम्मेदवार प्रेम आलेद्वारा २० बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य

चुनबाङ पुगेर प्रचण्डले सम्झिए सशस्त्र युद्धबाट शान्तिको बाटो तय गरेको ऐतिहासिक बैठक (फोटोफिचर)

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो ।