२६ बैशाख २०८१, बुधबार | May 8, 2024

तिलोत्तमाका ज्येष्ठ नागरिकको घरमैं स्वास्थ्य परीक्षण



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअनुसार हरेक वडामा ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको घर–घरमैं पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुको साथैं निःशुल्क औषधि समेत प्रदान गरेका छन् । १७ वडामैं सरकारी स्वास्थ्य संस्था पुर्याएको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श सेवा प्रदान गरेका छन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

रोगको समयमैं पहिचान हुँदा त्यसको उपचार सहज हुने भएकोले यो कार्यक्रम प्रभावकारी हुने नगरपालिको अपेक्षा गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर यो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत निःशुल्क व्यवस्था गरेको छ । प्रयोगशाला परीक्षण आवश्यक भए ज्येष्ठ नागरिकलाई प्रयोगशालामा समेत पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए ।

तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मीहरु घरमैं आएर आफ्नो स्वास्थ्य परीक्षण गर्न थालेपछि जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : ३१ बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको