१९ बैशाख २०८१, बुधबार | May 2, 2024

आफ्नै प्रस्तावलाई सर्वसम्मत बनाउन ओलीको सक्रियता तिब्र, पूर्व माओवादी नेताहरुसँग गोप्य भेटवार्ता



काठमाडौं । निर्वाचनलाई निषेध गर्दै आफ्नो प्रस्तावमा सहमति गराउने प्रयासमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आफ्नै प्रस्तावलाई सर्वसम्मत रुप दिन नेतृत्व चयनका लागि छलफलमा जुटेका ओली आइतबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका पूर्व माओवादी नेतासँग छलफल गरेका हुन् ।

आफू बसेकै रिसोर्टमा उनीलाई बोलाएर ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको एमाले स्रोतले दाबी गरेको छ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि एमालेका वहालवाला नेताहरु र बिभिन्न अवस्थामा एमालेमा भित्रिएका नेताहरुसँगको भेटवार्तालाई तिब्र पारेका छन् ।

पूर्व माओवादी नेताहरुले पनि आफूहरु सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको र आफ्नो पक्षलाई पदाधिकारीमा कम्तिमा ३ वटा स्थान दिनुपर्ने माग ओली समक्ष राखेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : ४८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी