१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवल उपमहानगरको बन्दै गरेको भवनमा करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु



बुटवल । बुटवल उपमहानगरको नयाँ भवन बन्दै गरेको स्थानमा विद्युतको करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बन्दै गरेको भवनमा विद्युत पोल सार्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी बसन्त भुसालको मृत्यु भएको हो ।

सोही क्रममा भवन निर्माणको दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अर्घाखाँची घर भई हाल बुटवल ३ डेरा गरि बस्ने ४३ वर्षिय भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

अन्य २ जना घाइतेको अवस्था भने समान्य रहेको केसीले बताए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : १२ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी