१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

लामोसाँघु–जिरी सडक तत्काल स्तरोन्नती नगरे जनप्रतिनिधिलाई जिल्ला प्रवेशमा रोक लगाउने तयारी



दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् ।

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

विसं २०७२ मा देवी खड्का राज्यमन्त्री भएको बेला भएको ठेक्का सम्झौताअनुसार लामोसाँघु–जिरी सडकअन्तर्गत खाडिचौरदेखि चरिकोटसम्मको सडक खण्ड चौडा गरी कालोपत्र गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार हालसम्म पनि काम पूरा हुनसकेको छैन ।

सडकको अवस्थामा कुनै परिवर्तन नभएपछि स्थानीयवासीले बाध्य भएर पटक–पटक आन्दोलनसमेत गर्दै आएको छ । खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडक कालोपत्र भइसकेको भएपनि मुडेबाट चरिकोटसम्म २७ किलोमिटर सडक भने हालसम्म कालोपत्र हुनसकेको छैन । मेडबाट चरिकोटसम्म आवतजावत गर्नका लागि दुई घण्टा लाग्ने र बीचबीचमा खाल्टो भएकाले दुर्घटनाको जोखिम बढ्नुका साथै गाडीसमेत बिग्रने गरेको व्यवसायी बताउँछन् ।

जीर्ण सडकका कारण स्थानीयवासीले वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । काम शुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन भने सडक वरिपरिका घरटहरा धुलाम्मे हुने गरेको स्थानीयवासी बताउँछन् । दोलखा नागरिक समाजका अध्यक्ष चिरञ्जीवी मास्केले भने, “यस्तै हुने हो भने आगामी दिनमा जिल्लाका जनप्रतिनिधिलाई जिल्ला प्रवेशमा रोक लागाउन बाध्य हुनेछौं ।”

सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दाको गुनासो छ ।

लामो समयदेखि ठेक्का लागेर पनि सडक मर्मत सुधार कार्य सम्पन्न नगर्नेलाई कारबाही गरियोस् भन्दै स्थानीयवासीले सदरमुकाम चरिकोटमा नारा जुलुस लगाउँदै बजार परिक्रमा गरेका थिए । आगमी एक हप्ताभित्र सडक मर्मत सुधारको काम आगाडि नबढाएमा थप विरोधका कार्यक्रम गर्नेसमेत चेतावनी समेत दिएका थिए । सडक मर्मत सुधारको काम सुचारु नभएसम्म मुडेमै बसी आन्दोलन गर्नेसमेत अध्यक्ष मास्केले बताए । यसअधिको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला डिभिजन सडक कार्यालय आयोेजनाको कार्यालयमा धर्ना दिने काम यसअघि नै भइसकेको अध्यक्ष मास्केले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परिसरमा धर्ना दिने कार्यक्रम तय भएको उनले जानकारी दिए । कार्यक्रमलाई अझै सशक्त र धनीभूत बनाउनका लागि ५०१ सदस्यीय सडक सङ्घर्षसमिति गठन गरेको र आगामी दिनमा प्रभावित क्षेत्रका नागरिकलाई यसमा समावेश गर्दै आन्दोलनका सशक्त कार्यक्रम बढाउने उनले जानकारी दिए । भीमेश्वर नगरपालिका–९, ८, ७, ६ र ३ वडामा वडास्तरीय सङ्घर्ष समिति गठन गर्ने अध्यक्ष मास्केले बताए । पटक–पटक भएको सम्झौतालाई बेवास्ता गरेकाले सरकारी गाडीलाईसमेत जिल्ला प्रवेशमा रोक लगाउने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

विसं २०७२ को मङ्सिरमा दुई वर्षमा काम सक्ने गरी शङ्कर मालीजेभीले सम्झौता गरेको २७ किलोमिटर सडक मर्मत सुधारको काम हालसम्म पनि समपन्न हुन नसक्दा नागरिक समाजले आन्दोलन गर्न बाध्य भएको बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : १३ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन