१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित



चितवन । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् ।

चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा रामबहादुर थापा, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र थापाले १७६८ मत ल्याएका छन् ।

तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ०७ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच