२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा दोस्रो पटक निरा गौतम निर्वाचित



बुटवल । सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा दोस्रो पटक निरा गौतम (निरु) चयन भएकी छन् । आज रुपन्देहीको शँकरनगरमा सम्पन्न छैठौं अधिवेशनबाट गौतम ३ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएकी हुन् ।

अधिवेशनले समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसम्मत चयन भएका छन् ।

बन्नसत्र सुरुहुनु पूर्व अधिवेशनको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको संचार विधेयक संचारमैत्री बन्ने बताए । मन्त्री शर्माले सञ्चारकर्मिहरुकै सल्लाहमा संचार विधेयक संचारमैत्री बनाउने प्रतिवद्धता जनाए ।

सञ्चार जगत सबैको आँखा भएकाले विधेयक सबैले प्रशंसा गर्ने गरी निर्माण हुने कुरामा सबै सञ्चारकर्मीहरु ढुक्क हुनका लागि समेत मन्त्री शर्माले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ लुम्बनीका महासचिव बिक्रम खड्काले प्रदेश सभामा प्रस्तुत विधेयक फिर्ता हुनु पर्ने महासंघको अडान दोहो¥याए ।

सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डेले महिला पत्रकारहरुको क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताइन् ।

अधिवेशनले कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं चयन गरेको छ ।

नवनिर्वाचिन समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

नव निवाचित अध्यक्ष गौतमले सञ्चारिका समूहका लागि कम्तिमा ५ लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने जानकारी दिइन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५७ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण