१७ बैशाख २०८१, सोमबार | April 29, 2024

हाई अल्टिच्युट रसुवा माउन्टेन बाईक च्यालेन्ज २०७८ प्रतियोगितामा भाग लिन हिँडेका साइक्लिष्ट मनिकलाई बिदाई



बुटवल । बुटवलका बाल राईडर मनिक श्रेष्ठलाई मंगलबार बिदाई गरिएको छ । प्रदेश खेलकुद विकास परिषद र रसुवा जिल्ला साईकल संघको आयोजनामा मंसिर १८ गते रसुवागढिमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाईक च्यालेन्ज २०७८ प्रतियोगितामा भाग लिन जान लागेका राईडर मनिक र उनका बुबा मच्छिन्द्र श्रेष्ठलाई बुटवलका विभिन्न क्लबमा पदाधिकारी, सदस्यहरुले बिदाई गरेको हो । उनले ८ वर्षमुनि उमेर समुहमा भाग लिदै छन ।

कार्यक्रममा ह्याप्पी साईक्लिङ क्लबमा आवद्घ उनिहरुलाई क्लबका अध्यक्ष सुमन श्रेष्ठ, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, क्लबका सल्लाहकार गणेश श्रेष्ठ, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, तिनाउ साईक्लिङ क्लबका उपाध्यक्ष सृजन श्रेष्ठ, पवन शाह, हरि क्षेत्री, स्वस्तिक श्रेष्ठ, सुमित खनालले प्रतियोगितामा सफलता प्राप्तिका लागि शुभकामना दिए । उनीहरुले भाग लिनु नै गौरबको विषय भएको भन्दै यसलाई ब्यवसायिक रुपमा अघि बढाउने गरि युवाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

मनिक बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षामा ४ मा अध्ययरत छन । चार वर्षको उमेरदेखि साईकल चलाउदै आएका उनी दर्जनौ प्रतियोगिताहरुमा भाग लिएका छन ।

रसुवा जिल्ला साईकल संघको अध्यक्ष तथा प्रतियोगिताका संयोजक दावा तामाङले मेन्स, विमेन्स, जुनियर र माष्टर गरि ४ वटा क्याटगरीमा आयोजना हुने प्रतियोगितामा ७० जना सहभागी रहने बताए । तामाङका अनुसार प्रतियोगितामा मेन्स, विमेन्सतर्फको उपाधि विजेताले नगद ४० हजार रुपैया, उपविजेताले नगद २५ हजार र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद ७ हजार रुपैया र कप पुरस्कारबाट सम्मान गरिने छ । यसैगरि जुनियर र माष्टरका उपाधि विजेताहरुले नगद १० हजार रुपैया पाउनेछन । कुल २० लाख खर्च अनुमान रहने उनले बताए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : २० बजे

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो