६ पुस २०८२, आइतबार | December 22, 2025

हलेसी मन्दिरमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन



खोटाङ । खोटाङको धार्मिकस्थल हलेसीमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसीमा गत १ साउनदेखि ५ मंसिरसम्मको अवधिमा दर्शन तथा पूजाआजाका लागि आएका दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो ।

महादेव मन्दिरको शिव पार्वती थानमा ८ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट १ लाख ९८ हजार ८५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

संकलन भएका भेटी रकममध्ये ५ लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ । मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्य ध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा यस अवधिमा भारु ३ हजार ९३५, चाँदी ६१।७ ग्राम, सुन ०।७ ग्राम र अमेरिकन डलर ३ जम्मा भएको छ । नगरपालिकामार्फत स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा संकलन भएको भेटीको मात्रा सार्वजनिक गर्दैआएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ५८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको