१५ माघ २०८२, बिहिबार | January 30, 2026

बन्दीपुर केबुलकार अन्तिम चरणमा



तनहुँ । तनहुँ जिल्लाको बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दशैं अघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।

बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण करिब ९५ प्रतिशत पूरा भएको छ । भवन निर्माणसँगै केबुलकारको ‘स्ट्रक्चर’को निर्माण अन्तिम चरणमा पुगेको छ । करिब डेढ तला क्विन टावर थप गर्नुपर्ने भएकाले मेकानिकल इक्युपमेन्ट बाहिरबाट ल्याउनुपर्ने हुँदा अझै केही समय लाग्ने देखिएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

केबुलकारको क्यापासिटी बढाउने गरी स्टालेसन गर्ने कार्य भइरहेको छ । उनले भने, “इक्युमेन्ट प्रोडक्ट स्वदेशमै उत्पादन भए पनि टेक्नोलोजी बाहिरबाट आउनुपर्ने भएकाले ढिलाइ हुने भएको हो ।” गत वर्षको दशैंदेखि केबुलकार सञ्चालनमा ल्याउने प्रयास गरिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ हुन गएको उनले बताए ।

एक वर्षअघि नै सञ्चालनमा ल्याउनुपर्ने योजना हो तर ढिलो भइहाल्यो, त्यसैले गुणस्तर र आकर्षण किसिमको बनाऊ भनेर लागिएकाले पनि ढिलाइ हुन पुगेको हो । उनले भने, “अब जति सक्दो छिटो सञ्चालन गर्ने तयारीका साथ काम थालिएको छ ।”

सुरुमा तीन सयसम्म कामदार रहे पनि अहिले ५० देखि ६० जना कामदारले निरन्तर काम गरिरहेका छन् । फिनिसिङका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले पुनः जनशक्ति वृद्धि गर्ने जनाइएकोछ ।

बन्दीपुर केबुलकार परियोजनाले १५ तले क्विन टावरको दक्षिण एसियामा नै फरक उद्देश्यसहित निर्माण गरेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त चारतारे होटेलबाट मनोरम सूर्योदयको दृश्य देख्न सकिनेछ । होटेलमा सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेसनमा निर्माण हुने क्विन टावरको लागत भने ८० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर सोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सयजनाले एकै पटकमा वारपार गर्न सक्नेछन् ।

केबुलकारले एक किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । बैंकिङ पार्टनरका रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड रहेका छन् । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत एक अर्ब ६६ करोड ८९ लाख रहेकोमा स्वपूँजी र कर्जा अनुपात ३९–६१ रहेको छ ।

परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर वितरण गरेको बताइएको छ । -रासस

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : ५० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला