२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई चीन पठाइयोः मानवअधिकारवादी समूह



एजेन्सी । विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ ।

मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । विभिन्न देशमा पक्राउ पारिएका आफ्ना नागरिकलाई ताइवानमै पठाउनु पर्ने ताइपेयले जनाउँदै आएको छ । तर, बेइजिङले भने ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ ।

सेफगार्ड डिफेन्डर्सले सन् २०१६ देखि सन् २०१९ सम्म सञ्चारमाध्यममा आएका रिपोर्टहरुका आधारमा सो प्रतिवेदन तयार पारेको हो ।

चीन पठाइएका ताइवानीको परिवार र वंश नभएको स्पेनमा रहेको सो संस्थाले जनाएको छ । उनीहरुमाथि विभिन्न मुद्दा लगाउन सक्ने पनि डिफेन्डर्सले चिन्ता व्यक्त गरेको छ । चीनले कुनै पनि देशमा पक्राउ परेका ताइवानीलाई आफ्नो देशमा सुपुर्दगी गर्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ४५ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म