३० भदौ २०८३, मंगलबार | September 15, 2026

ताइवानी श्रम मन्त्रीले गरे ‘भारतीयलाइ रंगको भेदभाव’, विदेश मन्त्रालयले माग्यो माफी



ताइपेइ । संकटमा परेको श्रम बजारलाइ पुर्ति गर्न ताइवानले भारतीय कामदारहरू लैजाने भएको छ । तर, आप्रवासी कामदारको रूपमा भारतीयहरूलाइ आफनो देशमा भर्ती गर्ने सम्भावित तयारी हुदैँ गर्दा भारतीयहरूको छालाको रंग, धर्म र आहारको बारेमा विवादास्पद टिप्पणी गरेपछि ताइवान विबादमा परेको छ ।

गत हप्ता याहू टिभीसँगको अन्तर्वार्तामा ताइवानका श्रम मन्त्री सु मिङ चुनले भनेका थिए, ‘ताइवानले भारतको उत्तरपूर्वी क्षेत्रबाट आप्रवासी कामदारहरू भर्ती गर्न चाहेकाे छ, जहाँ मानिसहरूको हाम्रै जस्तै छालाको रंग र खानपीन पनि उस्तै रहेकाे छ ।’ उनले अगाडी यो पनि भने, “यसबाहेक त्यस क्षेत्रका अधिकांश मानिसहरू इसाई धर्मालम्बी रहेका छन, तिनीहरू उत्पादन, कृषि र निर्माण जस्ता क्षेत्रहरूमा साँच्चै राम्रा छन् ।’

मुख्यतयाः भारतको उत्तरपुर्वका बासिन्दालाइ मात्रै ताइवानमा श्रमका लागि छनौंट गरेर भेदभाव गरेको भन्दै ताइवानका श्रममन्त्री विबादमा परेका हुन ।

श्रम मन्त्री हुसुले ठूलो श्रम अभावका बिचमा द्रुत रूपमा बढदो जनसंख्याको सामना गरिरहेको दक्षिण एसियाली राष्ट्रबाट कामदारहरू ताइवानमा ल्याउन गत महिना भारत र ताइवानले हस्ताक्षर गरेको थिए, सो सम्झौताको बारेमा प्रश्नको जवाफ दिँदै उनले छालाको रंग, खानपिन र धर्मका कुरा जोडेका हुन् ।

तर, भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो, जसको विविध संस्कृति, धर्म र जातीय पृष्ठभूमिको मिश्रणको लागि परिचित छ । जसले कहिलेकाहीं समूहहरू बीचको द्वन्द्व निम्त्याएको छ । चीन, बंगलादेश र म्यानमारको सिमाना जोडिएको देशको विशाल उत्तरपूर्वी क्षेत्रका भारतीयहरू अन्यत्र आफ्ना देशबासीहरू भन्दा बढी पूर्वी एसियाली रूप र रंगका हुने गरेको उनले जनाएका थिए ।

सुको टिप्पणीलाई ताइवानका सत्ताधारी र विपक्षी दलका सांसदहरूले आलोचना गरेका छन् । सो बिबादस्पद टिप्पणी पछि ताइवानको विदेश मन्त्रालयले भने हुसुकाे बिबादस्पद भनाइलाइ लिएर ईमानदारी पुर्वक माफी मागेको ताइवानी सञ्चारमाध्यमले जनाएका छन ।

‘ताइवानले कुनै पनि भारतीय कामदारलाई स्वागत गर्नेछ, जसले भर्तीका लागि सर्तहरू पूरा गर्दछ र उद्योगको माग पूरा गर्दछ, तिनीहरूको जातीय पृष्ठभूमिलाई पर्वाह नगरी स्वागत गरिनेछ’ विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ, ‘ताइवानले भारतको विविध र समृद्ध संस्कृतिलाई सम्मान गर्दछ र भविष्यमा यसलाई दुई पक्षबीच श्रम सहयोग प्रवर्द्धन गर्न आधारको रूपमा प्रयोग गर्नेछ ।’

यसैबिच ताइवानको श्रम मन्त्रालयले सुले अन्तर्वार्तामा ‘उस्तै छालाको रङ’ उल्लेख गरे पनि भेदभावको कुनै मनशाय नभएको स्पष्टीकरण दिएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : २२ बजे

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका