२२ असार २०८३, सोमबार | July 6, 2026

कांग्रेस प्रदेश अधिवेशन : आज मनोनयन, भोलि मतदान



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन । प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ ।

त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : २३ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ