६ पुस २०८२, आइतबार | December 21, 2025

तिलोत्तमालाई बालमैत्री बनाउन रणनीतिक योजना निर्माण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रमहरु भैरहँदा बालमैत्री घोषणापछि त्यसलाई दिगो बनाउन आवश्यक योजना समेत निर्माण गरिएको छ ।

तिलोत्तमालाई यहीँ मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्नेगरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियानात्मक कार्यक्रम भैरहेका छन् ।

बालमैत्री स्थानीय शासनका सूचकहरुको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणा पश्चात दिगोपनका लागि सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना निर्माण गरिएको हो ।

त्यसक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लव, विभिन्न संघ संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवा प्रदायक निकायलगायत सरोकारवालाहरुले दिएका सुभावकको आधारमा रणनीतिक योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यशालामा सबै वडाका प्रतिनिधिहरुले आफ्नो समग्र वडाको हालसम्मको बालमैत्री वातावरणको अवस्थाको जानकारी गराउनुको साथैं दिगोपनको लागि गर्नुपर्ने कामलाई समेटेर योजना समेत प्रस्तुत गरेका थिए । त्यसक्रममा राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबेले नगरबासीको सामुहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको बताए । नगर प्रमुख बासुदेव घिमिरेले बालमैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्दै यसको दिगोपनको लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।

तिलोत्तममा बालमैत्री नगरपालिका घोषणाका आवश्यक सूचक पूरा गर्न टोल टोलमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । बाल अधिकारको सन्दर्भमा सचेतना बढाउन छलफल, अन्रक्रिया, ¥याली, सडक नाटक, पर्चा पम्प्लेट तथा ब्यानर टाङ्ने लागायतका कार्यहरु भएका छन् ।

बालमैत्री स्थानीय शासन; बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।

यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ ।

“बालमैत्री स्थानीय तह” भन्नाले अर्थपूर्ण बाल सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भै स्थानीय तह आफैले आवधिक र वार्षिक योजना तथा बजेट तर्जुमा गरी निर्धारण गरेका न्यूनतम् सूचकहरू सुनिश्चित गरिएको गाउँपालिका वा नगरपालिकालाई जनाउँछ । रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : ०५ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट