६ श्रावण २०८३, बुधबार | July 22, 2026

कांग्रेस १४ औं महाधिवेशन : गण्डकी प्रदेश संस्थापन इतर पौडेल पक्षको कब्जामा



पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको नतिजा संस्थापन इतर पौडेल पक्षले कब्जा जमाएको छ । प्रदेशको मतपरिणामबाट पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएपछि गण्डकी प्रदेश पौडेल पक्षको कब्जामा पुगेको हो ।

मतगणनाको अन्तिम परिणाममा सभापतिमा पौडेल समूहका शुक्रराज शर्माले ६ सय १२ मत प्राप्त गरेर विजयी भएका छन् भने देउवा पक्षका अर्जुन जोशीले ५ सय २८ मत मात्रै पाएका छन् ।

उपसभापतिमा दुइटै स्याङ्जाका तर फरक फरक समूहबाट विजयी भएका छन् । उपसभापतिमा संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी भएका हुन् ।

महामन्त्रीमा विष्णु लामिछाने, सहमहामन्त्री अन्तर्गत महिला सह महामन्त्रीमा कोपीला रानाभाट र खुला सहमहामन्त्रीमा रमेश कुमार र रामचन्द्र जोशी पनि विजयी भएका छन् ।

सदस्यहरुमा अहिलेसम्म ३ सयमात्रै मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ५८ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन