२० मंसिर २०८२, शनिबार | December 6, 2025

कांग्रेस १४ औं महाधिवेशन : गण्डकी प्रदेश संस्थापन इतर पौडेल पक्षको कब्जामा



पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको नतिजा संस्थापन इतर पौडेल पक्षले कब्जा जमाएको छ । प्रदेशको मतपरिणामबाट पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएपछि गण्डकी प्रदेश पौडेल पक्षको कब्जामा पुगेको हो ।

मतगणनाको अन्तिम परिणाममा सभापतिमा पौडेल समूहका शुक्रराज शर्माले ६ सय १२ मत प्राप्त गरेर विजयी भएका छन् भने देउवा पक्षका अर्जुन जोशीले ५ सय २८ मत मात्रै पाएका छन् ।

उपसभापतिमा दुइटै स्याङ्जाका तर फरक फरक समूहबाट विजयी भएका छन् । उपसभापतिमा संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी भएका हुन् ।

महामन्त्रीमा विष्णु लामिछाने, सहमहामन्त्री अन्तर्गत महिला सह महामन्त्रीमा कोपीला रानाभाट र खुला सहमहामन्त्रीमा रमेश कुमार र रामचन्द्र जोशी पनि विजयी भएका छन् ।

सदस्यहरुमा अहिलेसम्म ३ सयमात्रै मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ५८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय