१८ श्रावण २०८३, सोमबार | August 3, 2026

राजनीतिक प्रतिवेदन प्रचण्ड र महासचिव पौडेलले तयार पार्ने सहमति



काठमाडौं । आगामी बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने राजनीतिक प्रतिवेदन तयार पार्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको छ ।

दुई अध्यक्षबीच सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले राजनीतिक प्रतिवेदन तयार गर्ने सहमति भएको हो ।

शनिबार बसेको सचिवालय बैठकको सहमति र भावना अनुसार प्रतिवेदन तयार पारी २४ गते बस्ने सचिवालय बैठकमा पेश हुनेछ । सचिवालय बैठकले सो प्रतिवेदनलाई अनुमोदन गरेपछि २५ गते बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुहुनेछ ।

गत मंसिर ४ गते प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टीको काम सञ्चालन गर्ने निर्णय भएको थियो ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेले संयुक्त रुपमा तयार पार्ने प्रतिवेदनमा पार्टीलाई सामुहिक भावनाका साथ अघि बढाउने विषय समेटिने बताइएको छ । पार्टीको निर्देशनमा सरकार संचालन हुने, सरकारले गरेका कामहरुको स्वामित्व पार्टीले लिने, पार्टीलाई एकतावद्ध बनाई समाजवादी बाटोमा अघि बढाउने बाटोबारे पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरिने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ०२ बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा