१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

शिक्षक नआएपछि विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला



सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिना अघिदेखि विद्यालय खुले पनि विद्यालयमा पढाई नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विद्यार्थीले आज बिहान ११ बजेदेखि ४ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर कोसी गाउँपालिकाको लौकहिमा सडक प्रदर्शनसमेत गरेका थिए । आन्दोलनकारीले विद्यालयमा र कोसी गाउँपालिकामा समेत तालाबन्दी गरेका छन् । उनीहरूले परीक्षा आउन लाग्दा पढाई नभएको, पर्याप्त शिक्षक नभएको र भएका शिक्षक पनि समयमा विद्यालय नआउने गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताउँछन् ।

कक्षा ९ मा पढ्ने अफ्ताब अन्सारी शिक्षकले विद्यार्थीप्रति गरेको बेवास्ताले आन्दोलनको रूप लिएको बताउँछन् । १० बजे आउनु पर्ने सर १२, १ बजे आउने कुनै दिन पनि पुरै पढाई नहुने जस्ता समस्याका कारण विद्यार्थी सडकमा आउनु परेको उनको भनाई थियो । त्यस्तै मनिष कुमार यादव पनि अन्सारीको भनाइलाई समर्थन गर्दै विद्यालयमा हुने राजनीतिका कारण विद्यार्थीको भविष्य डामाडोल भएको दुख पोख्छन् ।

‘विद्यालयमा भएका सरहरूले पढाई दिए पनि हुन्थ्यो तर उहाँहरू कति बजे आउँछ, कति बजे जान्छ विद्यार्थीहरूलाई थाहा हुँदैन,’ उनी भन्छन् । त्यस्तै कक्षा ७ मा अध्ययनरत पूजन कुमारी यादव सरहरूले हाम्रो भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँछिन् ।

कोभिडले बन्द भएका विद्यालय खुल्दा पनि पढाई नहुँदा दिनभर स्कुलमा आएर बस्नु बाहेक कुनै काम नभएको उनको भनाई छ । ‘सरलाई देख्नै मुस्किल पर्छ, पढाउन त परको कुरा,’ यादव भन्छिन् ।

एक हजार भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । गाउँपालिकाले विषय अन्तर्गत शिक्षक दिन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालय बताउँछ । माध्यमिक तह सम्म पढाई हुने विद्यालयमा एक जना मात्रै निम्न माध्यमिक तहका स्थानी शिक्षक रहेका छन् ।

उनलाई नै निमित्त प्राध्यापकको जिम्मेवारी दिइएको छ । माध्यमिक तहको दरबन्दी गाउँपालिकाले नदिँदा दिनप्रतिदिन विद्यालयमा समस्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादव बताउँछन् । प्राथमिक तहमा भएको शिक्षकले माध्यमिक तहसम्म पढाउनु परेको अध्यक्षको भनाई छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : २८ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध