२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

शिक्षक नआएपछि विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला



सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिना अघिदेखि विद्यालय खुले पनि विद्यालयमा पढाई नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विद्यार्थीले आज बिहान ११ बजेदेखि ४ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर कोसी गाउँपालिकाको लौकहिमा सडक प्रदर्शनसमेत गरेका थिए । आन्दोलनकारीले विद्यालयमा र कोसी गाउँपालिकामा समेत तालाबन्दी गरेका छन् । उनीहरूले परीक्षा आउन लाग्दा पढाई नभएको, पर्याप्त शिक्षक नभएको र भएका शिक्षक पनि समयमा विद्यालय नआउने गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताउँछन् ।

कक्षा ९ मा पढ्ने अफ्ताब अन्सारी शिक्षकले विद्यार्थीप्रति गरेको बेवास्ताले आन्दोलनको रूप लिएको बताउँछन् । १० बजे आउनु पर्ने सर १२, १ बजे आउने कुनै दिन पनि पुरै पढाई नहुने जस्ता समस्याका कारण विद्यार्थी सडकमा आउनु परेको उनको भनाई थियो । त्यस्तै मनिष कुमार यादव पनि अन्सारीको भनाइलाई समर्थन गर्दै विद्यालयमा हुने राजनीतिका कारण विद्यार्थीको भविष्य डामाडोल भएको दुख पोख्छन् ।

‘विद्यालयमा भएका सरहरूले पढाई दिए पनि हुन्थ्यो तर उहाँहरू कति बजे आउँछ, कति बजे जान्छ विद्यार्थीहरूलाई थाहा हुँदैन,’ उनी भन्छन् । त्यस्तै कक्षा ७ मा अध्ययनरत पूजन कुमारी यादव सरहरूले हाम्रो भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँछिन् ।

कोभिडले बन्द भएका विद्यालय खुल्दा पनि पढाई नहुँदा दिनभर स्कुलमा आएर बस्नु बाहेक कुनै काम नभएको उनको भनाई छ । ‘सरलाई देख्नै मुस्किल पर्छ, पढाउन त परको कुरा,’ यादव भन्छिन् ।

एक हजार भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । गाउँपालिकाले विषय अन्तर्गत शिक्षक दिन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालय बताउँछ । माध्यमिक तह सम्म पढाई हुने विद्यालयमा एक जना मात्रै निम्न माध्यमिक तहका स्थानी शिक्षक रहेका छन् ।

उनलाई नै निमित्त प्राध्यापकको जिम्मेवारी दिइएको छ । माध्यमिक तहको दरबन्दी गाउँपालिकाले नदिँदा दिनप्रतिदिन विद्यालयमा समस्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादव बताउँछन् । प्राथमिक तहमा भएको शिक्षकले माध्यमिक तहसम्म पढाउनु परेको अध्यक्षको भनाई छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : २८ बजे

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु

टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई