२४ बैशाख २०८१, सोमबार | May 6, 2024

कोइरालामा आउला कांग्रेस नेतृत्व ?



काठमाडौं । हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ । अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ ।

यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन ।

त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्लाह प्रमज्यूले नमान्नुभएकाले अब का।स।ले प्रमज्यूलाई आफ्ना अरू साथीहरूसहित सरकारबाट राजीनामा दिन आदेश दिन्छ ।’ नेपाली कांग्रेसको २००९ साउन ६ गते बसेको कार्यसमितिको निर्णय हो यो। त्यति बेला नेपाली कांग्रेसका सभापति बिपी कोइराला थिए भने प्रधानमन्त्रीमा दाजु मातृकाप्रसाद कोइराला ।

दाजुभाइबीचको शक्ति संघर्षको होडले बिपी कोइरालाले मातृकालाई सरकारबाट मात्र फिर्ता बोलाएनन्, पार्टी निर्णय नमानेको भन्दै कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरी हटाइदिए । बिपी र मातृकाको विवादलाई नजिकबाट नियालेको इन्डियन नेसनले २२ जुलाई १९५२ मा लेखेको थियो, ‘नेपाली कांग्रेसका प्रमुख नेताहरूलाई यो थाहै होला कि उनीहरूको कुनै ठूलो मतभेद नेपाली कांग्रेसका निम्ति मात्र हानिकारक छैन, अपितु संस्था र देशमा अहिले चलेको प्रजातान्त्रिक प्रणालीको प्रयोगका निमित्त हानिकारक सिद्ध हुन्छ ।’ ग्रीष्मबहादुर देवकोटाद्वारा लेखिएको ‘नेपालको राजनीतिक दर्पण’ पुस्तकले यो विषय समेटेको छ ।

भाइ फुटे गवार लुटे भनेजस्तै बिपी र मातृकाको शक्ति संघर्षले स्थापनाको छोटो समयमै कांग्रेस विभाजन हुन पुग्यो भने १ सय ४ वर्ष लामो राणाशासन अन्त्यसँगै स्थापना भएको प्रजातन्त्र धर्मराउन पुग्यो । राजा त्रिभुवनले संविधानसभा निर्वाचन टार्दै गए । २०१५ सालमा अनेकौं दबाबपछि मात्र अर्का राजा महेन्द्रले आम निर्वाचन गराए । तर, त्यसपछि उनले २०१७ पुस १ गते आफ्नो हातमा सत्ता लिए ।

मातृका र बिपी कृष्णप्रसाद कोइरालाका दुई पत्नी मोहनकुमारी र दिव्याका सन्तान हुन् । दिव्यातर्फ बिपीका साथै अरू तीन छोरा केशवप्रसाद,तारिणी र गिरिजाप्रसाद हुन् ।

बिपी र मातृकाबीचको झगडाका कारण पार्टीले विभाजन बेहोरेको झन्डै ७० वर्षपछि यतिखेर कोइराला परिवारको तेस्रो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न तम्सिएको छ । १३ औं महाधिवेशनको सम्मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै कांग्रेसको मूल नेतृत्वबाट बाहिर परेको कोइराला परिवार १४ औं महाधिवेशनमा नेतृत्वमा पुग्ने कसरतमा छ । आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ३४ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक