२६ बैशाख २०८१, बुधबार | May 8, 2024

एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउँछ : शिक्षामन्त्री पौडेल



शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो ।

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उनले पिसिएल नर्सिङ अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बनाए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : २४ बजे

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रू

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुसुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

दाङ । दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल

कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वर्तमान पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको

सांसद सुहाङ नेम्वाङद्वारा शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा

आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति