२१ भदौ २०८३, आइतबार | September 6, 2026

माओवादी केन्द्रको कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन



कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा–चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुनर्वास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।

नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको पार्टीका जिल्ला समिति सदस्य एवं युथ कम्युनिष्ट लिग वाइसिएलका सुदूरपश्चिम सहसंयोजक अर्जुन साउदले बताए ।

उनका अनुसार बेदकोट नगरपालिकामा लाल परियारको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति चयन गरिएको छ । बेलडाँडी गाउँपालिकामा डम्बर शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ समिति चयन गरिएको छ ।

पुनर्वास नगरपालिकामा धोखे रानाको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति चयन गरिएको जिल्ला समिति सदस्य साउदले जानकारी दिए ।

भीमदत्त नगरपालिकामा अशोक चन्दको अध्यक्षतामा ६५ सदस्यीय, कृष्णपुर नगरपालिकामा जोगराज चौधरीको अध्यक्षतामा ६५ सदस्यीय, लालझाडी गाउँपालिकामा फुलाराम चौधरीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ०९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त