१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस संस्थापन इतर समूहको बैठक बिहान ८ बजे बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न आज (बिहीबार) बिहान ८ बजे बैठक बस्दैछ ।

हिजो साँझ बसेको बैठक विना निष्कर्ष सकिएपछि कांग्रेस नेता गुरुराज घिमिरेले आज बिहान ८ बजे केन्द्रीय समितिका सदस्यहरु बसेर साझा उम्मेदवार चयन गर्ने बताएका थिए ।

कांग्रेस नेता डा रामशरण महतले भने अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने बताएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकाङ्क्षी छन् । तर शशाङ्कले साझा उम्मेदवार भए आफू पछि हट्न तयार रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : २३ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’