३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

नेकपा र एमाले विभाजनपछि एउटै मञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (एमाले) विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल देखिएका छन् ।

काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उनीहरु एउटै मञ्चमा उपस्थित भएका हुन् ।

सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् । गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन । निमन्त्रण गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए ।

एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग आमनेसामने भएका हुन् । एमाले विभाजन भएर नेकपा (एस) गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

एमाले विभाजनपछि ओली, नेपाल र प्रचण्ड पहिलोपटक शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका हुन् । कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बाँनियाले स्वागत गरेका ओली देउवा र रामचन्द्र पौडेलको बीचमा बसेका छन् ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ३ : ०७ बजे

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका

आज बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवस

बुटवल । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस