५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारमा नागरिकको पहुच भएन



बुटवल । एक वर्ष लामो समय लगाएर सामाजिक परिवर्तन केन्द्रले गरेको अनुसन्धानमा स्थानियसरकारसम्म नागरिकको पहुच पुग्न कठिन देखाएको छ ।

शुक्रबार बुटवलमा नागरिक संलग्नता बडापत्र सम्बन्धि सरोकारवाला बिच छलफल कार्यक्रममा केन्द्रका कार्यक्रम म्यानेजर निश्चल खनालले संघियताको लामोसमय बितिसक्दा पनि स्थानिय सरकारमा नागरिकको पहुच पुग्न नसकेको अध्ययनको क्रममा निष्कर्ष देखिएको बताए । नागरिक संगठनको १२, स्थानिय तहको १२ र मिडियाको ६ वटा भुमिकाहरु निभाउन सकेमात्र पहुच पुग्ने केन्द्रको अध्ययनको निष्कर्ष छ ।

तीन तहकै सरकारको समन्वय अभावको कारण गरेका राम्रो कामको समेत अपनत्व हुन नसकेको उनले दुखेसो गरे । जनताको आवश्यकता र मागको आधारमा योजना नपार्ने कारण पनि दिगो विकासमा समस्या भएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष टंक पराजुलीले सिमित श्रोतसाधनबाट असिमित आवश्कयता पूरा गर्नुपर्ने बाध्यता स्थानिय सरकारमा
रहेको दुखेसो गरे । टोल विकास संस्थालाई प्राथमिकता दिएर योजनाहरु बनाउदा अपाङता, दलित, गरिब बसोबासी हुने स्थानमा लागत सहभागिता कम गर्ने गरेको उनले बताए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष पवन रायले नागरिकहरु आफ्नो अधिकारबारे बुझ्ने, सरकारसम्म आफ्नो अधिकार लग्ने र फरक बिचार राखे सहभागीता नै नगराउनेसम्मको समस्यामा रहेको अनुसन्धानको क्रममा सेवाग्राहीहरु भेटिएको उनले बताए । जनप्रतिनिधि, स्थानिय सरकार, नागरिक समाजका सरोकारवालाहरु बिच छलफल र समन्वय जरुरी रहेको उनले बताए । नागरिक समाजले भुमिकासंगै सरकारको भुमिका
महत्त्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा पत्रकार दामोदार खनालले नागरिकहरु समुदायमा धेरै समस्या रहेको बताए । योजना बनाउने र पार्न समेत पाईलापिचे भष्ट्राचार छ जसको सुनुवाई नहुदा नागरिक पिडामा रहेको उनले बताए । कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले नागरिक सहभागिको नाममा गलत काम भएको बताए । फरक बिचार राख्नेहरुलाई सहभागी नै नगराउने प्रवृत्ति समुदायमा रहेको उनले गुनासो गरे । जेष्ठनागरिक समाज तथा वडा नं ८ का टोल समिति अध्यक्ष राधेश्याम राजभण्डारीले कर तिरेको रकमको तुलनामा ज्यादै न्यून योजना निर्माणमा बजेट पर्ने गरेको दुखेसो गरे । टिआई नेपाल रुपन्देहीका महासचिव दिपक ढकाल, भुपु सैनिक अध्यक्ष रबिन्द्र कार्की, पत्रकार भवानी पाण्डेले नागरिकको पहुचसंगै कर्तव्यमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ३७ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले