२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

विद्युतीय व्यवसायी बुटवलको अधिवेशन सम्पन्न : विकास जिसीको अध्यक्षतामा नौं सदस्यीय नयाँ समिति गठन



बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघ, बुटवल नगरमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले निर्बिरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव उपाध्याय, सचिवमा बसन्त राना, कोषाध्यक्षमा सरद कुमार दंगोरिया चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु आचार्य, लक्ष्मण बस्याल, बसन्त भट्टराई, अमन कशौधन, विकास आले सर्बसम्मत भएका छन् ।

त्यसअघि अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार अनन्तमान थैवले विद्युतीय व्यवसायीका हकहीतका लागि रुपन्देही संघले गरेको कामको प्रशंसा गरे । उनले व्यवसायीलाई दक्ष र सीपयुक्त बनाउनका लागि तालिमहरुको आयोजना महासंघबाट हुने बताए । उनले नगरभित्रका सबै व्यवसायीलाई संघमा एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिए ।

त्यस्तै संघको रुपन्देहीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य प्रकाशचन्द्र पाण्डेले विद्युतीय व्यवसायीको एकतावद्धताले हकहीतका सवालमा महत्वपूर्ण योगदान पुराएको बताए । उनले रुपन्देही शाखा मुलुकमै उत्कृष्ट रहेको भन्दै सदैव यही अवस्थामा रहनुपर्ने बताए ।

त्यस्तै रुपन्देहीका अध्यक्ष हरिहर ज्ञवालीले विद्युृतीय व्यवसायी संघको आफ्नै भवन निर्माणको प्रक्रिया थालिएको भन्दै यसले संस्थागत विकासमा टेवा पुराउने विश्वास गरे । रुपन्देहीमा विद्युतीय व्यवसाय गर्ने सबैलाई संघमा आवद्ध हुनका लागि आह्वान समेत गरेका छन् ।

सो अवसरमा संघका सल्लाहकार नारायणबाबु बस्नेत, लक्ष्मण भट्टराई, बरिष्ट उपाध्यक्ष लोकनाथ पोख्रेल, उपाध्यक्ष विकास जिसी, सचिव माधव उपाध्याय लगायतले बोल्दै व्यवसायिको हकहीतको सवालमा सबै एकजुट हुनुपर्ने औल्याएका थिए ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ५७ बजे

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम

बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी

जनयुद्धमा बम पड्काएर ध्वस्त पारिएको २० वर्षपछि खजुरा प्रहरीले पायो नयाँ भवन

खजुरा । जनयुद्धका क्रममा बम विस्फोटबाट ध्वस्त भएको बाँकेको खजुरा

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

काठमाडौं । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने

जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौं । स्वास्थ्य बिमा गराएका, काठमाडौं महानगरपालिकाभित्रका १ लाख बिमितको