३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

गगन थापाको अपिल : भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुस्



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले ‘समुन्नत नेपाल स् सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका हुन् ।

‘नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिँदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ ।

यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपाल स् सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपिल गर्दछु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

थापा कांग्रेस महामन्त्रीको उम्मेदवार हुन् । उनी डा.शेखर कोइराला प्यानलमार्फत चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ३२ बजे

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा