२९ भदौ २०८३, सोमबार | September 15, 2026

‘छठ वैदिककालदेखिको पर्व हो’



रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताएका छन । बिहीबार साँझ रौतहट आएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठको शुभकामना आदान कार्यक्रममा यस्तो बताएका हुन ।

आफू अहिले मधेसमा छठको अवसरमा परिवारसहित मठमन्दिर दर्शन गर्ने उद्देश्यले आएको बताउँदै महामन्त्री थापाले काठमाडौंको कमलपोखरीमा छठघाट बनाएको स्मरण गरेका थिए । बूढापाकाका भनाइअनुसार हिन्दूहरूले छठपर्व वैदिककालदेखि मनाउँदै आएको हुँदा यो पर्व देशव्यापी रूपमा मनाउन थालिएको महामन्त्री थापाले बताए ।

“सबैले देशको भाषा, संस्कृति तथा धर्मका बारेमा जान्न अति जरुरी छ,” महामन्त्री थापाले भने, “यही कुरा सिकाउन पनि आफू श्रीमती र छोरीसहित छठ हेर्न मधेस झरेको हुँ ।” उनी बिहीबार विभिन्न जिल्ला हुँदै रौतहटबाट वीरगञ्ज गएको नेविसङ्घ रौतहटका पूर्वअध्यक्ष श्यामहरि चौलागाईँले जानकारी दिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादव, रौतहट जिल्ला सभापति तथा मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादव, रौतहट क्षेत्र नं ४ का सांसद देवप्रसाद तिमिल्सिना, रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, गढीमाई नगरपालिकाका प्रमुख श्याम यादव, परोहा नगरपालिकाका प्रमुख शेख वकिल, राजपुर नगरपालिकाका प्रमुख रजिक आलमलगायत कांग्रेसका नेताहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : ०४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ