२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

गगन भन्छन् – संक्रमणकालीन न्यायमा दलीय संकीर्णताबाट बाहिर निस्कौं



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताएका छन् ।

मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियालाई कुनै पनि बहाना लम्ब्याउन नहुने बताए ।

‘दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन । यो या त्यो नाममा लम्ब्यायौं भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ,’ उनले भने ।

संक्रणकालीन न्यायको विषय टुंग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे ।

थापाले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना अनिवार्य बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरीत भएको वा नभएको पनि ख्याल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ५ : ४१ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा