१३ असार २०८३, शनिबार | June 27, 2026

सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टिपिएल ) क्रिकेट प्रतियोगिता-२०७८ माघ ८ गतेदेखी सुरु



बुटवल । सार्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टिपिएल ) क्रिकेट प्रतियोगिताको चौथो सस्करण हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि माघ ८ देखि १५ गतेसम्म चौथो सस्करणको प्रतियोगिता हुने भएको हो ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन ।

यसैगरि उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छन । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैया नगद, कप, उत्कृष्ट ब्याट्समेन, बलरलाई जनही १० हजार रुपैया, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैया तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच रु १ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले बताए ।

प्रत्येक टिमले ५ जनासम्म राष्ट्रिय खेलाडी राख्न पाउने ब्यवस्था हुने उनले बताए । त्यसको लागि पुसको १७ गते २ समुहमा अक्सन राखिएको उनले बताए ।

तिलोत्तमास्थित नवजिवन खेलमैदानमा माघ ८ गतेदेखी १५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ज्ञानोदय गोल्ड, मणिग्राम किङ्स, रोयल शंकरनगर, जोभी वारियर्स, भैरहवा सुपर ११, भैरहवा बुल्स, बुटवल होराइजन, आरसि भैरहवा गरि ८ टिमले भाग लिने छन । कुल २२ लाख अनुमानित खर्च रहेको समितिका सदस्य तथा संयोजक भुपराज अधिकारीले बताए ।

कार्यक्रममा सर्वोत्तम सिमेन्टका पश्चिमान्चल बजार ब्यवस्थापक रमेश ढकालले कोभिड संक्रमणका कारण उद्योगहरु धरासायी भैरहेको भएपनि खेल क्षेत्रमा थोरै भएपनि लगानी गरेर सामाजिक उत्तरदायित्वमा बल दिने काम गरेको बताए । कार्यक्रममा समितिका सल्लाहकार माधव अर्याल, सचिव श्रीराम नेपाली, सदस्य माधव पन्त, बाबुराम गैरेले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ४२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट