२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालगञ्जको एक निजी विद्यालयका प्रिन्सिपलबाट आफ्नै विद्यार्थी बलात्कार



नेपालगञ्ज। नेपालगञ्जमा संचालनमा रहेको एक निजी विद्यालयका संचालक तथा प्रिन्सिपलले १७ वर्षिय छात्रामाथि गरेको बलात्कारको घटनालाई बाँके प्रहरीले झण्डै एक साता पुग्न लाग्दा मात्र सार्वजनिक गरेको छ । प्रहरी स्रोतका आधारमा खबरकुराले घटनाका विषयमा जानकारी मागेपछि मात्र प्रहरीले बलात्कार अभियोगमा विद्यालयका प्रिन्सिपललाई हिरासतमा लिईएको स्विकार गरेको हो ।

पीडित किशोरीको उजुरीका आधारमा नेपालगञ्ज १८ कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावललाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

गत मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कुलबाटै पक्राउ परेको प्रिन्सिपल र बलात्कारको घटनालाई प्रहरीले ५ दिन सम्म गुपचुप राखेको थियो ।

स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल रावलमाथि छात्रालाई पटक पटक बलात्कार गरेको आरोप रहेको बाँके प्रहरीका निमित्त प्रवक्ता खिमबहादुर घर्तिमगरले बताए । १७ वर्षिया आफ्नै विद्यार्थीलाई ट्युसन पढाउने नाममा होटलमा लगेर बलात्कार गरेको खुल्न आएको उनले बताए । स्वास्थ्य परिक्षणमा समेत यौनकार्य भएको खुलेको प्रवक्ता घर्तिमगरले खुलाए ।

रावलले ती छात्रालाई पटक पटक प्रलोधन र त्रास देखाएर यौन सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी स्रोतले दाबी गरेको छ । दोस्रोे कारोना महामारीकाल देखिनै सुरुमा ट्युसन पढाईदिने बहानामा एकान्तमा बोलाउने र त्यसपछि होटलमा लगेर बलात्कार गर्ने गरेको पीडित पक्षको आरोप रहेको प्रहरीले जनाएको छ । रावलले ती छात्रालाई पहिलो पटक गत साउन २८ गते नेपालगञ्ज स्थित रोयल होटलमा बोलाएर बलात्कार गरेको पीडितको आरोप रहेको बताइएको छ । प्रहरीका अनुसार त्यस यता अस्लिल फोटो रहेको डर देखाएर पटक पटक बलात्कार गर्ने गरेको समेत पीडितले प्रहरी समक्ष बयान दिएका छन् ।

रावलले पछिल्लो पटक मंसिर १० गते ती छात्रालाई आफ्नै घरमा लगेर बलात्कार गरेपछि भने छात्राका अभिभावक प्रहरी समम पुगेका थिए । छोरी २ दिन सम्म घर नआएपछि खोजतलास गरिदिन प्रहरी समक्ष उजुरी दर्ता गराएका छात्राका अभिभावकले छोरी भेटेसँगै प्रहरीमा बलात्कार अभियोगमा किटानी निवेदन दिएका थिए ।

रावललाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रवक्ता घर्तिमगरले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : २३ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब