४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौसम जानकारी : भोलि मौसम प्रतिकूल हुने, वर्षा र हिमपातको सम्भावना



काठमाडौं । भोलि शुक्रबारबाट नेपालमा मौसम प्रतिकूल हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार बिहानबाट सुदूरपश्चिम हुँदै पूर्वतिर बादल सर्नेछ ।

सो क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ‘उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ,’ महाशाखाले भनेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको