२ श्रावण २०८३, शनिबार | July 19, 2026

एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन



लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी निर्वाचन गराउन खोजिएको भन्दै निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।

यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसके पछि पहिलो पटक निर्वाचन स्थगित भएको थियो ।

प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गए पछि उच्च अदालत पाटनले निर्वाचन कार्यक्रमलाई निरन्तरतादिन अन्तरिम आदेश जारी गरेको थियो ।

एनआरएनएका दुई तिहाइ एनसीसीले विवाद समाधानको माग गर्दै आएका छन् ।उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि नबुझाएको स्रोतले दाबी गरेको छ ।

निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।

निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै विवाद समाधान गर्नअध्यक्ष पन्तले चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकन पूर्व सल्लाहाकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्रीको छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ११ : ४६ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल