२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

सिर्जनानगर खानेपानी विकास निर्माण तथा बातावरण सरसफाई उपभोत्ता समितिको १४ औं बार्षिक साधारण सभा सम्पन्न



बुटवल । श्रृजनानगर खानेपानी विकास निर्माण तथा बातावरण सरसफाई उपभोत्ता समिति बुटवल ११ नहरपुर सिर्जनानगरको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष नकुल शाही ठकुरीको अध्यक्षता, पुर्व उद्योग पर्यटन बन तथा बातारण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै पुर्वमन्त्री गिरीले बुटवलमा खानेपानी समस्या समधानका लागि स्थानिय तह र प्रदेश सरकारले पहल गरेको बताए । फरक प्रसंगमा उनले सुकुमबासीहरुका लागि लालपुर्जा वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा देउवा नेतृत्वको सरकारले भुमि आयोग खारेज गरेर गरिवको छात्तिमा हान्ने काम गरेको बताए । निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अक्षरस कार्यान्वयनका लागि स्थानिय तहका जनप्रतिनिधीहरु लागेको बताए ।

समितिका अध्यक्ष नकुल शाही ठकुरीले सरसफाई अभियानलाई प्राथमिकतामा राखेर काम गरेको बताउंदै अब खानेपानी ओभरहेड टंकि निर्माण सम्पन्न भइसकेको र अब छिट्टै सञ्चालन हुने बताए । उनले बृहत्त खानेपानी आयोजनामा थप बोरिङ गाड्ने, संस्थाका जग्गाहरु संरक्षणको निम्ती कम्पाउण्ड वाल तथा तारबारको काम बांकी रहेको बताउंदै बांकी काम छिटो सुरु गरिने बताए ।

कार्यक्रममा खानेपानी महासंघ जिल्ला सचिव यम पछाई, समाजसेवी गोपाल राना, नन्दी किशोर ढकाल, समितिका सल्लाहकार बलराम न्यौपाने लगाएतले बोल्दै पानीलाई संरक्षण गर्न हरियाली आवश्यक रहेको बताए । कार्यक्रममा आर्थिक बर्ष ०७७/०७८ को १ करोड १५ लाख ३७ हजार ९ सय ३८ रुपैया बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

सो अवसरमा सृजना नगर खानेपानी आपत्तकालिन सहयोग कोष बचत समितिको ५ औं बार्षिक साधारण सभा समेत भएको थियो । समितिमा ५ सय ३४ उपभोत्ता रहेका छन् भने आपत्तकालिन कोष समितिमा २ सय ५७ जना सदस्य रहेका छन् ।
कार्यक्रम समितिका अध्यक्ष नकुल शाही ठकुरीको अध्यक्षता, उपाध्यक्ष सुर्य बहादुर रेगामीको स्वागत तथा सचिव गिता रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : ४९ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।