३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

एमसीसीका बारे आफ्नै कार्यकर्तासँग डराए प्रचण्ड, माओवादी राष्ट्रिय सम्मेलनअघि एमसीसी नबढाउन प्रचण्डको आग्रह



काठमाडौं । सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आग्रह गरेका हुन् । ‘पार्टीको राष्ट्रिय सम्मेलनअघि संसद बैठकमा एमसीसी प्रस्ताव नहुने अध्यक्षको धारणा छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘प्रधानमन्त्री समक्ष एक चरण कुरा भए पनि थप छलफल आजको बैठकमा हुनेछ ।’ उनका अनुसार सत्तारुढ गठबन्धनमा बैठकमा प्रचण्डले राख्ने प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्नेछन ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

माओवादी केन्द्रले ११–१३ पुसको सम्मेलन आउन एक साता मात्रै बाँकी रहेको र अहिले नै संसदमा पेश गर्दा पार्टीमा बहसको बिषय हुने भन्दै सम्मेलनपछि मात्रै एमसीसीलाई संसदमा लैजान आग्रह गरेका हो । प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको पनि माओवादी नेताहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ३९ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये