२३ असार २०८३, मंगलबार | July 7, 2026

सकियो सर्वदलीय बैठक, एमालेबाट बैठक बहिस्कार



काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । संसदमा भइरहेको लगातारको अवरोध हटाउने प्रयास स्वरुप बोलाइएको बैठकमा संसद अवरोध गर्ने प्रमुख विपक्षी दल एमाले अनुपस्थित रहेपछि एमालेले उठाएको मागका विषयमा छलफल गर्न सरकार तयार हुने सहमति गर्दै बैठक सकिएको छ । बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमालेले उठाएको विषयमा छलफल गर्न सरकार तयार हुने निष्कर्ष निकालेको छ ।

आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपछि बालुवाटारमा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रतिपक्षले उठाएको विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका हुन् ।

सर्वदलीय बैठकमा संघीय संसद अवरुद्ध हुँदा नियमित काम र भूमिका प्रभावित भएको बारे छलफल भएको उनले जानकारी दिए ।

‘संसदलाई लामो समय बन्धक बनाउनु राम्रो होइन, शशक्त प्रतिपक्ष हुनुपर्छ भन्दैमा संसद चल्न नदिने भन्ने हुँदैन,’ उनले भने, ‘संसद निरन्तर अवरुद्ध हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्नेबारे बैठकमा छलफल भयो ।’

प्रधानमन्त्री देउवाले संसद गतिरोध र एमसीसीका सम्बन्धमा दलहरुबीच समान धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : १८ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको