१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

१२ दिनपछि पृथ्वीमा फर्किएका जापानी अर्बपति भन्छन्, अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो



ओसाका । १२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन् । मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन् । अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र बाथरुमको प्रयोग गरेका थिए ।

युट्युबमा आफ्ना १० लाख फलोअर्सलाई सम्बोधन गर्दै ४६ वर्षीय मेजावाले अन्तरिक्षमा दाँत कसरी माझ्ने र बाथरुममा जाने बारेमा बताएका छन् । एउटा भिडियोमा अन्तरिक्ष स्टेसनमा रहँदा आफूले शान्तिको सास फेरको बताएका छन् ।

अन्तरिक्षमा पिसाब फेर्न सहज भएको उनले बताएका छन् । ‘अन्तरिक्षमा पिसाब फेर्न निकै सजिलो छ,’ सोली आकारको एउटा भाँडोलाई देखाउँदै उनले भने ।
अर्को एउटा भिडियोमा मेजावाले चिया कसरी पिउने र जिरो गुरुत्वाकर्षणमा कसरी सुत्ने भन्ने बारेमा फलोअर्सहरुलाई देखाएका छन् ।

अन्तरिक्षमा उनले गल्फ खेल्ने, कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य गर्नेका थिए । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको थियो ।

मेजावा आफ्नो अनौठो सोख बोकेर १२ दिनअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन प्रस्थान गरेका थिए ।

कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए । तर, पछि कार्यक्रम रद्द गरेका थिए ।

मेजावा जापानका ३०औँ धनाढ्य हुन् । उनीसँग करिव दुई खर्ब अमेरिकी डलर बराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए ।

यात्राअघि मेजावालले घुमिरहेको मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युवमा अपलोड गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ११ : २७ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार