१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

एमालेको लुम्बिनी प्रदेश अधिवेशन ८ माघमा नेपालगन्जमा हुने



बुटवल । नेकपा (एमाले)ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी ८ माघमा बाँकेको नेपालगन्जमा आयाेजना गर्ने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो ।

दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार २८ पुसभित्र सबै जिल्लाका प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १९९ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ । बैठकले प्रदेशको नेतृत्वका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउने निर्णय पनि गरेको छ । जसअनुसार दुईसय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, दलितका लागि एक सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, हरेक तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपाङ्गता भएका, जिफन्टलगायतबाट पनि प्रतिनिधि हुनेगरी मापदण्ड बनाइएको छ ।

बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कँडेलकै संयोजकत्वमा सात सदस्यीय कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति, उपसचिव लिला रानाको संयोजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुको संयोजकत्वमा मन्च व्यवस्थापन र परिचालन समिति, निरक गुरुङको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन समिति, आरती पौडेलको संयोजकत्वमा अतिथि सत्कार समिति, बाबुराम भट्टराईको संयोजकत्वमा स्वास्थ्य समिति, लक्ष्मण आचार्यको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

१३ पुस देशभर एकैसाथ सम्पन्न हुने जिल्ला अधिवेशनलाई लुम्बिनी प्रदेशमा व्यवस्थित र प्रभावकारी बनाउन ७ पुस बर्दिया, ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा, ९ पुस रुपन्देही, पाल्पा, बाँके र १० पुस नवलपरासी, कपिलवस्तु र रुकुमपुर्वमा बैठकको आयोजन गर्ने निर्णय पनि एमाले प्रदेश कमिटी बैठकले गरेको छ । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड भने जिल्ला कमिटीले नै तय गर्नेछ ।

बैठकले जिल्ला अधिवेशनभन्दा अघि टोल कमिटीको भेला र कमिटी निर्माण, मतदाता नामावली अद्यावधिक, पार्टी प्रवेश गर्न चाहनेको अभिलेख तयार गर्न जिल्ला कमिटीलाई सर्कुलर गर्दै अधिवेशन भव्यताका साथ सम्पन्न गर्न निर्देशन दिएको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको बैठकलाई पार्टीका महासचिव शंकर पोखरेल, एमाले सचिव तथा लुम्बिनी इन्चार्ज छविलाल विश्वकर्मालगायतले सम्बाेधन गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : १३ बजे

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा