१७ असार २०८३, बुधबार | July 1, 2026

प्रचण्ड, माधव र उपेन्द्रका कारण प्रधानमन्त्री देउवा अफ्ठेरोमा : पूर्वमुख्यमन्त्री राई



खोटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताएका छन् ।

एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएको बताएका हुन् । वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको उनको भनाइ छ । ‘यो गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन । शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ । एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव । यी मान्छेहरुले शेरबहादुर देउवालाई अप्ठ्यारो बनाइरहेको अवस्था छ । त्यसो हुँदा गठबन्धन भत्काउने वा छिटो चुनावमा जाने यो खालको अवस्थामा अहिलेको गठबन्धन छ, ‘राईले भने, ‘त्यतिकै पनि चुनाव आइसक्यो । स्थानीय चुनाव हुने बेला भइ नै सक्यो । प्रदेश र संघको चुनाव पनि धेरै बाँकी छैन । त्यसैले अवको निर्वाचनमा एमाले एक्लैले जित्न सक्छ, जित्नुपर्छ र समृद्धिको यात्रालाई अझ फराकिलो बनाउँदै लैजानुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिनुपर्छ । समाजवादको आधार तयार गर्दै अगाडि बढ्नुपर्छ ।’

सर्वोच्च अदालतले सेटिङमा परमादेशबाट बनाइदिएको केन्द्र सरकार र अध्यादेशबाट बनेको प्रदेश सरकारले अनुचित ढंगले निजी स्वार्थ पूरा गर्ने हिसाबले बजेट खर्च गरिरहेको उनले दाबी गरे । ुअहिले परमादेशबाट सर्वोच्च अदालतले सेटिङमा बनाइदिएको सरकार माथि छ । अध्यादेशले बनाएको सरकार प्रदेशमा छ । उसले न जनताका लागि राष्ट्रका लागि सोच्छ, न केही गर्छन्’, उनले भने, ‘हामीले थालेका राम्रा कामहरुलाई भत्काउने, त्यसलाई रोक्ने र अनुचित ढंगले श्रोतहरुको बजेटको दुरुपयोग गर्ने, आफ्नो निजी स्वार्थ पूरा गर्ने हिसावले खर्च गर्ने हिसावले काम गरिरहेका छन् । त्यसको खबरदारी गर्ने जिम्मा हाम्रो छ ।’

नेता राईले एमालेमाथि पटक–पटक आक्रमण हुँदै आएको उल्लेख गरे । एमालेलाई सिध्याउनकै लागि २०५० सालमा मदन भण्डारीलाई षडयन्त्रपूवर्क हत्या गरिएको दावी गरे ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ३२ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी