१६ माघ २०८२, शुक्रबार | January 30, 2026

२ वर्ष पछि बुटवलमा लाग्याे औद्योगिक ब्यापार मेला



बुटवल । कोरोना कहरका कारण बिगत २ वर्ष देखि लाग्न नसकेको औद्योगिक ब्यापार मेला यस वर्ष भने बुटवलमा शुरु भएको छ ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको हो ।

उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको आज एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले पुर्वाधार विकासले सम्पन्न भएका कारण बुटवल उपमहानगरसहित रुपन्देही जिल्ला लगानीमैत्री जिल्लाको रुपमा विकसित हुंदै गएको बताए । विश्व बैंकको सूचकांकले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सुचिकृत भएको उल्लेख गर्दै सुवेदीले बुटवलमा आउंदो तीन वर्षमा साढे ६ अर्ब रुपैया लगानी हुने सुनिश्चित भइसकेको बताए ।

उनले बुटवलको विकासमा नीजि संघसंस्थाको भूमिका सराहनीय रहेको भन्दै उपमहानगरले सबै संघसंस्थासंग सहकार्य गर्ने बताए । कोरोनाका नयाँ रुपहरुले कुनैपनि बेला महामारी लिन सक्ने र सरकारले मेला रोक्न सक्ने तर्फ सचेत बनाउँदै उपमहानगर प्रमुख सुबेदीले स्वास्थ्य सुरक्षा मापदण्ड परिपालना गरेर मेला संचालन गर्न आयोजकलाई सुझाव दिए ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम पाठक र संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको आर्थिक बिकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए ।

मेला आयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे ।

सो अवसरमा नेकपा एमालेका ऋषिराम पाण्डे, एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङ, नेपाली कांग्रेसका हरि अर्याल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू,रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले मेला महोत्सवहरूलाइ उपभोक्तामैत्री एवं परिस्कृत र गुणस्तरीय बनाउन सुझाव दिए ।

पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन् । मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : २७ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग